फेरि ओरालो लाग्यो नेप्से

फेरि ओरालो लाग्यो नेप्से : Icon Khabar

काठमाडौं, फागुन २९ । आज नेप्से परिसूचक २४.६८ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.४६ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा, आज २५६ स्टकको २६ हजार ८५० पटकको कारोबारमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार बजार घटेपनि शुभम् पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर ३५ रुपैयाँ २० पैसा बढेर ३८७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। आज खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ७.६२ प्रतिशत घटेको छ। त्यस्तै, आदर्श लघुवित्त, हिमालयन बैंक र नाडेप लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्स र अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 13 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु