फेरि ओरालो लाग्यो नेप्से

फेरि ओरालो लाग्यो नेप्से : Icon Khabar

काठमाडौं, फागुन २९ । आज नेप्से परिसूचक २४.६८ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.४६ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा, आज २५६ स्टकको २६ हजार ८५० पटकको कारोबारमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार बजार घटेपनि शुभम् पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर ३५ रुपैयाँ २० पैसा बढेर ३८७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। आज खप्तड लघुवित्तको शेयरमूल्य सर्वाधिक ७.६२ प्रतिशत घटेको छ। त्यस्तै, आदर्श लघुवित्त, हिमालयन बैंक र नाडेप लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्स र अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2023
Website | + posts