आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न, नयाँ कार्यसमितिको नेतृत्वमा कासिछ्वा

आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न, नयाँ कार्यसमितिको नेतृत्वमा कासिछ्वा : Icon Khabar

भक्तपुर, फागुन २७ । युवाहरूलाई कुलत तथा दुर्व्यसनबाट टाढा र देशभक्त बनाउने उद्देश्यले स्थापित आरम्भ नेपालको छैठौं साधारणसभा चितवनमा सम्पन्न भएको छ। सो साधारणसभाबाट सत्यराम कासिछ्वाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा बनेको हो।

उक्त साधारणसभाबाट नेतृत्व पाएका कासिछ्वाले युवा लक्षित विभिन्न कार्यक्रम अघि बढाउने विचार सोही सभामा राखेकाे नव निर्वाचित सचिव न्हुज किजूले बताए।

साधारणसभाले उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षको रूपमा क्रमशः लक्ष्मीप्रसाद चवाल, न्हुज किजू तथा श्यामकृष्ण बासुकलालाई सर्वसम्मत रूपले चयन गरिएको छ । आरम्भ नेपालमा जम्मा ११ जना सदस्य रहेको र युवा लक्षित कार्यक्रमले युवाहरूको विदेश पलायनलाई केही हदसम्म न्यून गर्ने निवर्तमान अध्यक्ष बालकृष्ण बनमालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 March 2023
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू