आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न, नयाँ कार्यसमितिको नेतृत्वमा कासिछ्वा

आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न, नयाँ कार्यसमितिको नेतृत्वमा कासिछ्वा : Icon Khabar

भक्तपुर, फागुन २७ । युवाहरूलाई कुलत तथा दुर्व्यसनबाट टाढा र देशभक्त बनाउने उद्देश्यले स्थापित आरम्भ नेपालको छैठौं साधारणसभा चितवनमा सम्पन्न भएको छ। सो साधारणसभाबाट सत्यराम कासिछ्वाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा बनेको हो।

उक्त साधारणसभाबाट नेतृत्व पाएका कासिछ्वाले युवा लक्षित विभिन्न कार्यक्रम अघि बढाउने विचार सोही सभामा राखेकाे नव निर्वाचित सचिव न्हुज किजूले बताए।

साधारणसभाले उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षको रूपमा क्रमशः लक्ष्मीप्रसाद चवाल, न्हुज किजू तथा श्यामकृष्ण बासुकलालाई सर्वसम्मत रूपले चयन गरिएको छ । आरम्भ नेपालमा जम्मा ११ जना सदस्य रहेको र युवा लक्षित कार्यक्रमले युवाहरूको विदेश पलायनलाई केही हदसम्म न्यून गर्ने निवर्तमान अध्यक्ष बालकृष्ण बनमालाले बताए।

Published Date: 11 March 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय