हराएको २३ थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण

हराएको २३ थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण : Icon Khabar

काठमाडौं, फागुन २६ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका २० वटा मोटरसाइकल र ३ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।

गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १ हजार १ सय ६२ वटा निवेदन प्राप्त भएका थिए । चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३ सय ५८ थान सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो । जसमध्ये आज हस्तान्तरण गरिएको २३ वटासहित जम्मा ३ सय २८ थान दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

साथै फागुन महिनामा २४ थान चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायतका सुरक्षा साइरनहरु जडान लगायतका विभिन्न उपायहरु अवलम्वन गर्नको लागि अनुरोध समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts