जर्मन क्लब फ्रेइवर्गमाथि युभेन्ट्सको जित

जर्मन क्लब फ्रेइवर्गमाथि युभेन्ट्सको जित : Icon Khabar

काठमाडौँ, फागुन २६ । एजेन्सी – इटालियन क्लब युभेन्ट्सले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ ।

युभेन्ट्सले घरेलु मैदानमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको हो । युभेन्ट्सको जितमा एन्जल डि मारियाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा डि मारियाले ५३औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा लुकास होलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा फ्रेइवर्ग बराबरीमा बाट चुक्यो ।

यस जितसँगै युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ । फ्रेइवर्गलाई जित आवश्यक हुनेछ । दोस्रो लेग फ्रेइवर्गको मैदानमा १६ मार्चमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो