आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकियो

आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, फागुन २६ । एजेन्सी –इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गरे ।

लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट पाहुना टोली आर्सनलले अग्रता लिएको थियो । ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, ६२औं मिनेटमा हिडेमासा मारिताले आत्मघाती गोल गरेपछि आर्सनल हारबाट जोगियो ।

यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो