यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय : Icon Khabar

काठमाडौँ, फागुन २६ । बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए। “कार्यकारिणी समितिको बैठकले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ” अध्यक्ष यादवले भने। जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts