सभामुख घिमिरे सहित नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बहराइन जाने

सभामुख घिमिरे सहित नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बहराइन जाने : Icon Khabar

काठमाडौं, फागुन २३ । सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् । यही फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लागेको हो ।

यही फागुन २६ गते सभामुख घिमिरे सहित नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल बहराइन जान लागेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु कडरिया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी जनाएको छ ।

सभामुख घिमिरेले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts