काठमाडौँ महानगरका सबै वडाबाट निःशुल्क कानुनी सेवा दिने

काठमाडौँ महानगरका सबै वडाबाट निःशुल्क कानुनी सेवा दिने : Icon Khabar

काठमाडौं, फागुन २३ । काठमाडौँ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्य गर्ने र परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको जनाएको छ ।

नागरिकहरुले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ । उक्त सेवा उपलब्ध गराउन वडा कार्यालयमा हेल्प डेस्क स्थापना गरि कार्यालय अवधिभरि संचालन छ र हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

विशेषतः सहजरुपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत अत्यावश्यक सेवा प्रवाहमा ध्यान उक्त उक्त सेवा संचालनमा ल्याएको हो क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत विद्यार्थीलाई पठाउने तयारी गरेको छ । त्यसैगरी मौखिक कानुनी परामर्शसँगै उक्त कार्यालयबाट सेवा प्रवाहबारे जानकारी समेत दिनुपर्नेछ ।

उक्त सेवा प्रवाहबाट कानुनी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने कामपाको विश्वास रहेको छ । उक्त सेवा दिने सम्बन्धमा गत माघ १७ गते कामपा र क्याम्पसबीच सम्झौता भएको थियो । सम्झौता अनुसार कार्यालय समय अवधिभर सेवा दिने विद्यार्थीलाई मासिक १५ हजार रुपैयाँ सुविधा महानगरले उपलब्ध गराउनु पर्नेछ ।

Published Date: 07 March 2023
ताजा
बिलबिनाको करिब ८०० ग्राम चाँदीजस्ता गरगहना सहित एक जना दुवाकोटबाट पक्राउ
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी