सिराहाको लहान नगरपालिका–८ का वडाध्यक्षद्वारा दुई करोडको जग्गा दान

सिराहाको लहान नगरपालिका–८ का वडाध्यक्षद्वारा दुई करोडको जग्गा दान : Icon Khabar

सिराहा, फागुन २३ । सिराहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोडको दुई कठ्ठा जग्गा दान गरेका छन् । उनले लहान–७ स्थित टाउन प्लानिङमा रहेको सोनार समाजको गेस्ट हाउस निर्माणका लागि जग्गा दान गरेका हुन् ।

सोनार समाजले आयोजना गरेको होली मिलन कार्यक्रममा जग्गाधनी वडा अध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको थियो । वडाध्यक्ष साहले सो जग्गा सोनार सेवा सदन समितिलाई हस्तान्तरण गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए ।

‘गाउँको विकासका लागि जग्गा दान गरेको छु,’ वडाध्यक्ष साहले भने, ‘अब भवन निर्माणमा पनि सहयोग गर्छु ।

Published Date: 07 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु