कानुनी व्यवस्थाअनुसार महिलालाई प्रमुख पदमा पुर्याउन अझै व्यावहारिक कठिनाइ छ: सभामुख घिमिरे

कानुनी व्यवस्थाअनुसार महिलालाई प्रमुख पदमा पुर्याउन अझै व्यावहारिक कठिनाइ छ: सभामुख घिमिरे : Icon Khabar

काठमाडौं, फागुन २३ । सभामुख देवराज घिमिरेले कानुनी व्यवस्थाअनुसार महिलालाई प्रमुख पदमा पुर्याउन अझै व्यावहारिक कठिनाइ रहेको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मंगलबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज नियम र कानुन बनाउने तहमा ठूलो सङ्ख्यामा महिला प्रतिनिधित्व भए पनि मुख्य पदमा महिला र पुरुषलाई कार्यान्वयन गर्न गाह्रो भइरहेको उनले बताए ।

सभामुख घिमिरेले आर्थिक विकासका लागि प्राकृतिक स्रोत विशेषगरी वनको दिगो व्यवस्थापनका बारेमा सोच्नुपर्ने बताए । उनले प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धन गरी समाजको हितमा प्रयोग गर्न सबैलाई आग्रह गरे ।

विभिन्न ठाउँमा वन विनाशजस्ता घटना भइरहेका उल्लेख गर्दै उनले वन संरक्षणसँग बाझिने कानुन, कानुन नहुँदा नहुने पक्ष, कानुन बनाउनुको कारणबारे सोच्नुपर्ने धारणा राखे ।

व्यवहारमा कानूनले भनेको कुरा कसरी लागू गर्ने। सभामुख घिमिरेले वातावरणमा हुने प्रतिकूल परिवर्तनलाई न्यूनीकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै महासंघकी अध्यक्ष भारती पाठकले हरेक क्षेत्रमा महिला सहभागिता क्रमशः बढ्दै गए पनि पर्याप्त नभएको बताइन् । उनले महिला अझै आर्थिक रुपमा सशक्त हुन नसकेको भन्दै महिलालाई सुरक्षित बनाउनुपर्ने धारणा राखिन् ।

प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय जनताले प्रमुख भूमिका निर्वाह नगरेसम्म प्राकृतिक सम्पदाको धनीका रूपमा अस्वीकार नगरेसम्म प्राकृतिक स्रोतको संरक्षण नहुने उनको भनाइ थियो ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा मंगलबार फेकोफनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संघमा विभिन्न अवधिमा काम गर्ने तथा प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता