अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दुई स्वर्ण

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दुई स्वर्ण : Icon Khabar

काठमाडौँ, फागुन २१ । नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । प्रतियोगितामा स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित हासिल गरेको छ ।

श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी भएका थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जितेको थियो भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराते टोलिको नेतृत्व नेपाल कराते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम ब्यबस्थापकमा जेनिश पन्थी थिए ।

Published Date: 05 March 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता