पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा

पपुवा न्युगिनीसँग युएई फेरि पराजित, नेपाललाई फाइदा : Icon Khabar

काठमाडौँ, फागुन २१ । घरेलु टोली युएई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा फेरि पपुवा न्युगिनीसँग पाँच विकेटले पराजित भएको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा युएईका वृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए ।

योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौं स्थानमा कायमै छ । नेपाल लिगको छैटौं स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । श्रृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ । यस्तोमा आइतवार यूएईले पीएनजीसँग हार व्यहोर्दा एक दिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ । त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नु पर्नेछ ।

Published Date: 05 March 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता