यौन जीवनका १२ बाधकहरु के के हुन्? थाहा पाउनुस

यौन जीवनका १२ बाधकहरु के के हुन्? थाहा पाउनुस : Icon Khabar

काठमाडौँ, फागुन १८ । यौन जीवन सुमधुर भयो भने दम्पतीको सम्बन्ध पनि रसपूर्ण हुन्छ । यदि यौनमा विचलन आयो भने उनीहरुको सम्बन्ध टिकिरहन गाह्रो पनि हुन्छ । त्यसैले दाम्पत्य सम्बन्धका लागि यौन महत्वपूर्ण र अपरिहार्य मानिन्छ । तर, चाहेरै पनि कतिपय अवस्थामा यौन जीवन राम्रो हुँदैन । यसका लागि विभिन्न तत्वहरु शत्रु बनेर देखा परेको हुन्छ ।

मोटोपन
जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन हुछ । यसले उनको यौन–रुचीमा कमी ल्याउँछ । नियमित व्यायम गर्नेको यौनक्रिया राम्रो र सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिय बनाउनुपर्छ ।

तनाव
बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।

मदिरापान
नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले उत्कृष्ट यौन जीवनका लागि मदिरापान गर्न छोडौ ।

डिप्रेसन
डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कका लागि मन जागृत हुदैंन । अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

इटेक्टाइन डिसफंशन
पुरुषमा इरेक्सनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि धराशायी बनाउन सक्छ । त्यसैले यसको निदान खोजिहाल्नुपर्छ ।

उच्च रक्तचाप
सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणाम, यौन इच्छा घट्दै जान्छ ।

गर्भनिरोध औषधी
केहि अध्ययनमा पाइएको छ कि, गर्भनिरोधक औषधीले महिलाको टेस्टोटेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

यौनबद्र्धक फल

स्ट्रबेरी– यो भिटामिन सीको राम्रो स्रोत हो, जसले पुरुषमा स्पर्म काउन्ट बढाउँछ । साथै यसले मुटु र रक्त धमनीमा रक्तप्रवाह पनि गराउँछ । यसलाई डार्क चकलेटमा डुबाएर सेवन गर्दा कामोत्तेजना बढाउँछ ।

बदाम– जिंक सेलेनियम र भिटामिन ईले भरपुर बदामले सेक्स बुस्टरको काम गर्छ । जिंकले सेक्स हर्मोन बढाउने काम गर्छ । भिटामिन ईले मुटुलाई स्वास्थ्य राख्छ ।

सेक्स किलर फुड्स
– चिज
– डाइट सोडा
– सोया
– कृत्रिम गुलियो
– चिप्लो खानेकुरा आदी

Published Date: 02 March 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी