सांसद प्रदीप पौडेल र मेयर बालेन शाहबीच भेटवार्ता

सांसद प्रदीप पौडेल र मेयर बालेन शाहबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर विभिन्न समसामयिकविषयमा छलफल गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न विभिन्न विषयमा केन्द्रित रहेर मेयर शाहसँग कुराकानी गरेका हुन् ।

‘काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग अर्थपूर्ण भेटघाट भयो। भेटमा हामीले काठमाडौं महानगर र क्षेत्र नम्बर ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गर्‍यौं,’ पौडेलले भने।

भेटमा सांसद पौडेल र मेयर शाहबीच कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने विषयमा कुराकानी भएको थियो । साथै मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्‍याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने, हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने विषयमा छलफल भएको थियो ।

सांसद पौडेलको सचिवालयको जानकारी अनुसार धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने विषयमा पनि कुराकानी भएको जानकारी दिएको छ।

Published Date: 02 March 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता