प्रहरीद्वारा रु एक करोड १० लाखको सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ

प्रहरीद्वारा रु एक करोड १० लाखको सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ : Icon Khabar

चितवन, फागुन १८ । प्रहरीले रु एक करोड १० लाखको सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार बिहान ६३ दशमलव ८९८ तोला सुन र २२ दशमलव ८७८ तोला हीराका गरगहनासहित पक्राउ गरिएको हो । भारतीय दर्ता नम्बर (WB12AV5566) को गाडीमा लुकाएर कोलकाताबाट काठमाडौं ल्याइएका सुन र हिराका गहना प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका भारतीय नागरिक र गरगहना सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उत्तर प्रदेशको बलिया जिल्लाका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गालको हौडा जिल्लाका ५१ वर्षीय गणपतकुमार तोसौर र ४२ वर्षीय नरेश वर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई बरामद गरगहनासहित राजस्व अनुसन्धान विभागमा पठाइने छ ।

यस्तै कार्यालयले खैरहनी नगरपालिका–६ बाट प्रतिबन्धित खोकी सिरप कोरेक्स ३३ बोतलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम र भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् ।

Published Date: 02 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर