आर्सनलको एभर्टनमाथि सहज जित

आर्सनलको एभर्टनमाथि सहज जित : Icon Khabar

काठमाडौं, फागुन १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले एभर्टनमाथि सहज जित निकालेको छ ।बुधबार राति आर्सनल घरेलु मैदानमा खेलको खेलमा आर्सनलले एभर्टनलाई ४-० गोल अन्तरले हराएको हो ।

उक्त खेलमा खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसै पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले र खेलको ७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए ।

त्यसपछि ८० औं मिनेटमा गाब्रिएलले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।

जितसँगै आर्सनलले २५ खेलमा ६० अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ भने एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

Published Date: 02 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर