राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने युएई प्रस्थान

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने युएई प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न बुधबार युएई प्रस्थान गरेका छन ।
सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो। अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन्।

युएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ। नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई यूएई पठाइएको क्यानले जनाएको हो।

युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts