कराते टोली सारजाह प्रस्थान

कराते टोली सारजाह प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन १७ । प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ ।

मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, अमृत तामाङ, रामकुमार जिसी र प्रेमप्रसाद नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा रामकुमार थारु र सिताराम लामा, व्यवस्थापकमा सुदर्शन थापा, निर्णायकमा साइला गमाल तथा अफिसियलमा कृष्णकुमार राई, राकेश शाक्य, भीमप्रकाश मल्ल, अनिता आङडेम्बे, रिना लिम्बू र विधानकुमार श्रेष्ठ रहेका छन् । २४ मध्ये ७ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts