प्रधानमन्त्री दाहालद्वारा च्यासल रंगशालाको उद्घाटन

प्रधानमन्त्री दाहालद्वारा च्यासल रंगशालाको उद्घाटन : Icon Khabar

काठमाडौं, फागुन १६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासल रंगशालाको मंगलबार उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस भएको बताए । प्रधानमन्त्री दाहालले विगतमा खेलकुद क्षेत्रलाई न्युन बजेट विनियोजन हुँदै आएकोमा आगामी आर्थिक वर्षमा गुणात्मक रुपमा बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले च्यासल रंगशालाको बारेमा जानकारी गराउदै दशरथ रंगशालाको विकल्पका रुपमा च्यासल रंगशाला निर्माण गरिएको बताए ।

करिब २९ करोड लागतमा निर्माण भएको च्यासल रंगशालाको दर्शक क्षमता संख्या ६ हजार २ सय ३६ रहेको छ । २०७४ साल असारमा च्यासल रंगशालाको व्यापक स्तरबृद्धि गर्ने उद्देश्यले पुनर्निर्माणको काम सुरु गरिएको थियो । कोभिडका कारण रंगशाला पुनर्निर्माणको काममा ढिलाई समेत भएको थियो । च्यासल रंगशालामा चेन्जिङ, मेडिकल, रेफ्री, मिडिया, सुरक्षा गार्ड, प्रशासनीक कक्षलगायतका सुविधा छन् ।

Published Date: 28 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा