लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही : Icon Khabar

काठमाडौँ, फागुन १७ । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।

राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– “सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।”

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको भन्दै राष्ट्र बैङ्कले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।

लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैङ्कमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

Published Date: 01 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली