भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट : Icon Khabar

भक्तपुर, फागुन १५ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गरेको छ ।भेटमा उनिहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनमा सहकार्य गर्नेबारे छलफल भएको बताएको छ ।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी सम्बन्ध कायम गर्न विगतका वर्षहरूमा भक्तपुर नगरबासीहरूलाई चिनिया“ भाषाको प्रशिक्षण सञ्चालन गर्दै आएकोमा कोरोनाका कारण स्थगित भएको जानकारी दिँदै आगामी दिनमा निरन्तरता दिँदै जाने बताए ।

उनले चीन सरकारले कोभिडमा नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य उपकरण सहयोग गरेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै चिनियाँ भाषाको प्रशिक्षण सञ्चालनबारे कन्फ्युसियस इन्स्टिच्युटसँग सहकार्य गरी अगाडि बढ्न सकारात्मक रहेको बताए ।

सांस्कृतिक आदान प्रदानमा भाषाको महत्वपूर्ण देन हुने बताउँदै उनले चिनियाँ पर्यटकहरूको सहजताको निम्ति पनि भक्तपुर नपाले चिनियाँ भाषालाई जोड दिँदै प्रशिक्षण सञ्चालन गर्दै आएको हो बताए ।

त्यस्तै कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक लुकाओले त्रिभुवन विश्वविद्यालयमा हालसालै मात्र कम्फ्युसियस इन्स्टिच्युट स्थापना भई चिनियाँ भाषाको अध्ययन—अध्यापन सुरु भइसकेको बताउँदै भक्तपुरमा पनि चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन उत्सुक भएको बताए ।

उनले चिनियाँ जनताप्रति नेपाली जनताको सद्भाव र सकारात्मक दृष्टिकोणबाट आफू उत्साहित भएको बताउँदै कम्फ्युसियस इन्स्टिच्युटले किर्तिपुरमा बाहेक दुईवटा सार्वजनिक विद्यालयहरूमा चिनियाँ भाषाको पठनपाठन सुरु गर्दै आएको बताए । भक्तपुर नपाले चिनियाँ कक्षा सञ्चालन गर्दै आइरहेको विषयमा आफू अवगत रहेको बताउँदै उनले नपाको मागअनुसार चिनियाँ शिक्षक उपलब्ध गर्न आफूहरू तयार रहेको बताए ।

नगर प्रमुख प्रजापतिसँगको भेट अगाडि उनिहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पतालको समेत स्थलगत अवलोकन गरेका थिए ।

नगर प्रमुख प्रजापतिले निर्देशक लुकाओलाई नपाको परम्परागत खादाले स्वागत गर्नुका साथै भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गरेका थिए ।

उक्त भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, चिनियाँ शिक्षिका वाङ युन्हे र चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवालको उपस्थिति रहेको थियो ।

Published Date: 27 February 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न