नेपाल बिश्व प्रतियोगिताको क्वाटरफाईनल प्रवेश

नेपाल बिश्व प्रतियोगिताको क्वाटरफाईनल प्रवेश : Icon Khabar

काठमाडौं, फागुन १५ । भारतको केरलामा जारी २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालले भारतलाई १५–९ ले जितेको नेपाल दोस्रो सेट भारतसंग १४–१६ ले सेट गुमाउन पुग्यो । तर तेस्रो सेटमा आफ्नो खेलमा तालमेल मिलाउँदै नेपालले भारतलाई १६–१० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । ९ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

खेलाडीको साथमा फुटभलि सघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन । उनलाई केराला कर्पोरेशसनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकी थिइन । प्रशिक्षक राजुुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts
ताजा
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता
नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल