नेपाल बिश्व प्रतियोगिताको क्वाटरफाईनल प्रवेश

नेपाल बिश्व प्रतियोगिताको क्वाटरफाईनल प्रवेश : Icon Khabar

काठमाडौं, फागुन १५ । भारतको केरलामा जारी २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।वेष्ट अफ थ्रि को सेटमा भएको खेलमा पहिलो सेट नेपालले भारतलाई १५–९ ले जितेको नेपाल दोस्रो सेट भारतसंग १४–१६ ले सेट गुमाउन पुग्यो । तर तेस्रो सेटमा आफ्नो खेलमा तालमेल मिलाउँदै नेपालले भारतलाई १६–१० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । ९ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

खेलाडीको साथमा फुटभलि सघ इण्डियाको निमन्त्रणामा नेपालको तर्फबाट टोखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियोगितामा अतिथिका रुपमा सहभागी रहेका छन । उनलाई केराला कर्पोरेशसनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकी थिइन । प्रशिक्षक राजुुविक्रम थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको हेड अफ डेलिगशनका रुपमा मनिष जोशी रहेका छन् ।

Published Date: 27 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर