सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ : Icon Khabar

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2022
Website | + posts
ताजा
काठमाडौं महानगरद्वारा मापदण्डविपरीतका २७१ वटा पानी जार बरामद
आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्दै
सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल