विदेशीलाई क्वारन्टीनको नियम अन्त्य गर्दै चीन

विदेशीलाई क्वारन्टीनको नियम अन्त्य गर्दै चीन : Icon Khabar

 

चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम ज्यानुअरी ८ बाट अन्त्य हुने घोषणा गरेको छ।

चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा गरिएको यो पछिल्लो घोषणा हो।

कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन्।

कोभिडबारेका नियम परिवर्तनका सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति सि जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे “सम्भव” हुन्छ त्यही गर्न आह्वान गरेका छन्।

उनलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उनले बताएको जनाएका छन् ।

चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ तर प्रत्येक दिन हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको छ।

सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो।

तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय भने तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी उल्लेख्य रूपमा घटाइएको थियो।

नयाँ नियम अनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने हो।

चीनले कोभिड महामारीको व्यवस्थापन कसरी गरेको थियो भन्ने विषयले राष्ट्रपति सीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएको विश्लेषकहरू बताउँछन्।

उनकै कारण शून्य कोभिड नीति अपनाइएको थियो र त्यस कारण अर्थतन्त्रलाई असर परेको र मानिसको जीवनलाई त्यसले धेरै हदसम्म प्रतिबन्धात्मक बनाएको आरोप उनीमाथि लाग्दै आएको छ।

तर त्यसलाई हटाए पनि अब भने उनले अस्पतालमा भर्ना भएकाहरू र खास गरी वृद्ध वृद्धामा देखिएको उल्लेख्य सङ्क्रमणको जिम्मेवारी लिनुपर्नेछ।

महामारीको व्यवस्थापनलाई लिएर उनीमाथि व्यक्त भएको आम आक्रोश उनका लागि सबैभन्दा ठूलो जोखिम हो।

 

Published Date: 27 December 2022
ताजा
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय राकेह्को छैन: सञ्चारमन्त्री तिमिल्सिना
आइतबार सुनको मूल्यमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी