संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौडेल आज जेनेभा प्रस्थान गर्दै

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौडेल आज जेनेभा प्रस्थान गर्दै : Icon Khabar

काठमाडौं, फागुन १४ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् (युएनएचआरसी)को बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा विमला राई पौडेल आज जेनेभा प्रस्थान गर्दैछिन् ।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल राष्ट्रसंघीय मानवअधिकार आयोगको बैठकमा सहभागी हुन जेनेभा जान लागेको जानकारी दिएको हो ।

बैठकमा मानवअधिकारको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताईन् । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सदस्य राष्ट्रका हैसियतमा यस क्षेत्रमा भएका प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र अन्य मुलुकसँगको बहुपक्षीय र द्विपक्षीय छलफलका माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा मन्त्री पौड्यालले भेटघाटलाई उपयोग गरिने बताईन्

सोही बैठकमा मन्त्री पौडेल सहभागी हुनुका साथै कतारको दोहामा हुने कम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts