संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौडेल आज जेनेभा प्रस्थान गर्दै

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री पौडेल आज जेनेभा प्रस्थान गर्दै : Icon Khabar

काठमाडौं, फागुन १४ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् (युएनएचआरसी)को बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा विमला राई पौडेल आज जेनेभा प्रस्थान गर्दैछिन् ।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल राष्ट्रसंघीय मानवअधिकार आयोगको बैठकमा सहभागी हुन जेनेभा जान लागेको जानकारी दिएको हो ।

बैठकमा मानवअधिकारको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताईन् । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सदस्य राष्ट्रका हैसियतमा यस क्षेत्रमा भएका प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र अन्य मुलुकसँगको बहुपक्षीय र द्विपक्षीय छलफलका माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा मन्त्री पौड्यालले भेटघाटलाई उपयोग गरिने बताईन्

सोही बैठकमा मन्त्री पौडेल सहभागी हुनुका साथै कतारको दोहामा हुने कम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।

Published Date: 26 February 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली