प्रधानमन्त्री दाहालद्वारा माओवादी जनयुद्धका ‘शहीद’लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता

प्रधानमन्त्री दाहालद्वारा माओवादी जनयुद्धका ‘शहीद’लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता : Icon Khabar

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी जनयुद्धका ‘शहीद’लाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी जनयुद्धका ‘शहीद तथा बेपत्ता योद्धा’का परिवारसँगको कुराकानीमा उनले नेपालको राजनीतिक परिवर्तनमा विशिष्ट योगदान पुर्‍याउने सहिदलाई उच्च सम्मानका साथ राष्ट्रिय घोषणा गर्ने तयारी भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धमा पहिलो बलिदान दिने शहीद दिलबहादुर रामतेलको आज स्मृति दिवस पनि हो, झापा विद्रोह, जनआन्दोलन र सन् २००७ को क्रान्तिदेखिको जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उहाँहरूलाई सम्मान गर्नुपर्छ । उच्च सम्मान, त्यसैले वर्तमान सरकारले जनयुद्धलगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ ।”

सत्य निरुपण तथा मेलमिलाप विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको बाँकी काम छिट्टै टुङ्गिने बताए । उनले भने, ‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरुपण तथा मेलमिलाप विधेयक अगाडि बढाइएको छ । शान्ति प्रक्रिया छिट्टै टुङ्गिन्छ । जनयुद्धका शहीदहरूलाई सम्मान, परिवारको भरणपोषण र छोराछोरीलाई शिक्षा दिने कानुन बनाएर गरिने छ । यसका लागि विधेयक महत्त्वपूर्ण छ।”

Published Date: 26 February 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली