पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने

पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने : Icon Khabar

काठमाडौं, फागुन १४ । अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ । नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा शाह हाल जेलमा छन् ।

उनले सफाइ दिन माग गरेको पलको मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरकुमारी पुडासैनीको इजलासले सुनुवाइ गर्नेछ । पलका वकिल कमलामोहन वाग्लेले आज सुनुवाइ हुने बताए ।

जिल्ला अदालत नवलपुरले पललाई बलात्कारको आरोपबाट सफाइ दिएको छ । तर बाल यौन दुव्र्यवहारको आरोपमा उनलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ ।

पलले आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा अपिल गरेका थिए । त्यस्तै सरकारी वकिलको कार्यालयले पललाई बलात्कारको मुद्दामा सफाइ दिन नसकिने दाबी गर्दै पुनरावेदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts