पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने

पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने : Icon Khabar

काठमाडौं, फागुन १४ । अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ । नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा शाह हाल जेलमा छन् ।

उनले सफाइ दिन माग गरेको पलको मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरकुमारी पुडासैनीको इजलासले सुनुवाइ गर्नेछ । पलका वकिल कमलामोहन वाग्लेले आज सुनुवाइ हुने बताए ।

जिल्ला अदालत नवलपुरले पललाई बलात्कारको आरोपबाट सफाइ दिएको छ । तर बाल यौन दुव्र्यवहारको आरोपमा उनलाई साढे दुई वर्षको जेल सजाय सुनाइएको छ ।

पलले आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा अपिल गरेका थिए । त्यस्तै सरकारी वकिलको कार्यालयले पललाई बलात्कारको मुद्दामा सफाइ दिन नसकिने दाबी गर्दै पुनरावेदन गरेको थियो ।

Published Date: 26 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर