जुनियर कबड्डी टोली इरान प्रस्थान

जुनियर कबड्डी टोली इरान प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन १४ । दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच उच्च प्रदर्शनका लागि शुभकामना दिदै बिदाइ गरे ।

फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन् । प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।

प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताकै दौरान हुने एसियाली कबड्डी महासंघको बैठकमा भाग लिन अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र महासचिव विनोद प्रजापति पनि टोलीसंगै इरान प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts