१६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको लागी तीन संस्था/कम्पनीसँग सहकार्य

१६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको लागी तीन संस्था/कम्पनीसँग सहकार्य : Icon Khabar

काठमाडौं, फागुन १३ नेपाल एथलेटिक्स संघको आयोजनामा २०७९ साल फागुन २३ गते मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने १६ औं एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको पूर्वसन्ध्यामा होटल मल्ल, लैनचौरमा शुक्रबार आयोजित एक कार्यक्रममा संघले विभिन्न तीन संस्था/कम्पनीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

संघले बागमती प्रदेश खेलकुद विकास परिषद, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेज प्र.लि.सँग सम्झौता गरेको जानकारी गराएको हो । एसियन एथलेटिक्स एसोसिएसनले दुई–दुई वर्षमा सञ्चालन गर्दै आएको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्नको लागि बागमती खेलकुद विकास परिषदले सहयोग गर्ने सम्बन्धी सम्झौता–पत्रमा संघका अध्यक्ष राजीव विक्रम शाह र परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले हस्ताक्षार गरेका थिए । एनएलआईसीएलको तर्फबाट प्रमुख प्रेमा राज्यलक्ष्मी सिंहले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा हस्ताक्षर गरेका थिए भने एमएडब्ल्यु इन्टरप्राइजेजको तर्फबाट मार्केटिङ म्यानेजर रमेश दनेखुले हस्ताक्षर गरेका थिए ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह – “नेपालले २२ वर्षपछि आयोजना गर्न लागेको एसियन क्रस–कन्ट्री च्याम्पियनसिप देशकै लागि गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बृद्धि गर्ने छ । हामी यस च्याम्पियनसिपलाई भव्य एवम् सफलतापूर्वक आयोजना गर्ने अन्तिम तयारीमा छौं । हाम्रो यस अभियानमा जोडिएकोमा बागमती प्रदेश खेलकुद विकास परिषदलाई विशेष धन्यवाद ! निजी क्षेत्रको प्रतिनिधित्व गर्दै हाम्रो हौसला बढाएकोमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एमएडब्ल्यु इन्टरप्राइजेजलाई धन्यवाद व्यक्त गर्दछु । सरकार र निजी क्षेत्रको लगानीमा हाम्रा खेलाडीहरूले यसपाली च्याम्पियनसिपमा पदक जितेर इतिहास कोर्ने विश्वास छ ।”

च्याम्पियनसिपमा एसियन एथलेटिक्स एसोसिएसनका सदस्य ४५ देशमध्ये धेरै देशका खेलाडी सहभागि हुन नेपाल आउने आशा गरिएको छ । पुरुष र महिलाका सिनियर र जुनियर गरी इन्डिभिज्युअल चार इभेन्ट्समा प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website | + posts