नेकपा (माओवादी केन्द्र)सहितका आठ दलद्वारा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति

नेकपा (माओवादी केन्द्र)सहितका आठ दलद्वारा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति : Icon Khabar

काठमाडौं, फागुन १२ । सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए।

Published Date: 24 February 2023
ताजा
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव
इरान–अमेरिका द्वन्द्व थप चर्कियो: १४० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण, होर्मुज जलसन्धि बन्द
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय