चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु : Icon Khabar

चितवन, फागुन १२ । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु भएको छ । घटना दिउँसो १२:३० बजे भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जको सदरमुकामबाट करिब ६ सय मिटर टाढा सौराहामा गोविन्दे नामको जंगली हात्तीको आक्रमणमा परी एक इजरायली नागरिकको मृत्यु भएको छ । मृतकसँग इजरायली ड्राइभिङ लाइसेन्स रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पीडितको नाम स्यामुएल बोक्नर रहेको लाइसेन्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विदेशीले टिकट नलिई एक्लै पार्कमा प्रवेश गरेको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको पार्कले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । तीमध्ये हात्तीको आक्रमणबाट दुई जनाको मात्रै मृत्यु भएको छ । केही दिनअघि मात्र निकुञ्जमा हात्तीको आक्रमणबाट ६४ वर्षीया महिलाको मृत्यु भएको थियो भने गत महिना हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिकामा ७० वर्षीया वृद्धाको मृत्यु भएको थियो ।

Published Date: 24 February 2023
ताजा
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव
इरान–अमेरिका द्वन्द्व थप चर्कियो: १४० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण, होर्मुज जलसन्धि बन्द
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय