चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु : Icon Khabar

चितवन, फागुन १२ । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक विदेशी नागरिकको मृत्यु भएको छ । घटना दिउँसो १२:३० बजे भएको थियो।

चितवन राष्ट्रिय निकुञ्जको सदरमुकामबाट करिब ६ सय मिटर टाढा सौराहामा गोविन्दे नामको जंगली हात्तीको आक्रमणमा परी एक इजरायली नागरिकको मृत्यु भएको छ । मृतकसँग इजरायली ड्राइभिङ लाइसेन्स रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पीडितको नाम स्यामुएल बोक्नर रहेको लाइसेन्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विदेशीले टिकट नलिई एक्लै पार्कमा प्रवेश गरेको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको पार्कले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । तीमध्ये हात्तीको आक्रमणबाट दुई जनाको मात्रै मृत्यु भएको छ । केही दिनअघि मात्र निकुञ्जमा हात्तीको आक्रमणबाट ६४ वर्षीया महिलाको मृत्यु भएको थियो भने गत महिना हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिकामा ७० वर्षीया वृद्धाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2023
Website | + posts
ताजा
आइतबार नेप्से परिसूचक ५.१५ अंकले घट्यो
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालद्वारा ‘Ecopanel’ नाम प्रयोगमा कडा चेतावनी
असोज महिनामा नेपालमा भित्रियो २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स
विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान केन्द्र तोक्न अध्यादेशको तयारी


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )