बैंक तथा वित्तीय संस्थाहरु आकस्मिक बिदाका दिन पनि सञ्चालन हुने

बैंक तथा वित्तीय संस्थाहरु आकस्मिक बिदाका दिन पनि सञ्चालन हुने : Icon Khabar

काठमाडौं, फागुन १२ । बैंक तथा वित्तीय संस्थाहरु अब आकस्मिक बिदाका दिन पनि सञ्चालन हुने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७९ मा संसोधन तथा परिमार्जन र थप व्यवस्था जारी गर्दै सरकारले आकस्मिक बिदाका दिनमा बैंकिङ्ग सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

निर्देशन अनुसार राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीबाहेक सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० देखि दिउँसो १:३० बजेसम्म आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिनुपर्ने जनाएको छ ।

.

Published Date: 24 February 2023






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड