सामसङ्गद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री शुभारम्भ

ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरुबाट अत्यधिक माग भएसंगै ग्यालेक्सी २३सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ ।

सामसङ्गद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री शुभारम्भ : Icon Khabar

काठमाडौं, फागुन १२ सामसङ्गद्वारा ग्यालेक्सी एस२३ सिरिजको बिक्री शुभारम्भ भएको छ । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनहरुलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको हो ।

ग्यालेक्सी एस २३ सिरिजको प्रि–अर्डर आफैमा एक ठूलो सफलता भएको छ । गतवर्ष ग्यालेक्सी एस २२ सिरिजकोे भन्दा बढि प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशत भन्दा बढि अत्यधिक प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्राको प्रि–अर्डर भएको छ ।

सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले भन्नु भयो “हामी हाम्रा ग्राहकहरु प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं, । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रतिग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।”पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ । ग्राहकहरु सामान छनोट गर्दा अझै धेरै सतर्क हुनथालेका छन् र लामो समयसम्म टिक्ने,गुणस्थरिय र भविश्यको लागिपनि तयार भएको सामानहरु नै रोज्न थालेका छन् । उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिलेनै समाप्त गर्नु परेको थियो।

देशभरका डिलरहरुले एस२३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिजप्रतिग्राहकहरुले देखाएका माया र लगावका कारण बजारमा सबै डिलरहरू पनि  उत्साहित छन्।

नयाँ २०० एमपि एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन सहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिज अन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन्, जसले सामसङ्गको अल्टिमेट प्रिमियमफोन अनुभूतीको नयाँयुगको प्रतिनिधित्व गर्दछ । ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरु जडित छन्, जसले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्छ । यस्तै यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफमद्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्यकुनै सामसङ्ग ग्यालेक्सी स्मार्टफोनको तुलनामा पुनप्रशोधित पदार्थहरुको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्शाउने गरी गरिएको छ ।

ग्यालेक्सी २३ सिरिजल ेसामसङ्गमेसेज गार्ड मार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पुर्याएको छ । यो शक्तिशाली स्यान्ड बक्सिङ उपकरणले शून्य क्लिक शोषण आक्रमणहरू विरुद्ध पनि पूर्णरुपमा सुरक्षा प्रदान गर्दछ । यो एक नयाँ प्रकारको साइबर आक्रमण हो जहाँ केवल तस्विर प्राप्त गर्दा पनि मोबाइल तथा त्यसमा भएका डाटालाई हानी पुर्याउन सक्छ । सामसङ्गमेसेज गार्डले भर्चुअल क्वारेन्टाइनको रूपमा काम गर्छ जसले हानिकारक तस्बिरहरू लाई छुट्टै राखेरतपाईंले सुरक्षित तस्बिरहरू मात्र प्राप्त गर्नु हुन्छ भनी सुनिश्चित गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2023
Website | + posts
ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल