सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमतिमा रोक

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमतिमा रोक : Icon Khabar

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमतिमा रोक भएको छ । विदेश जान लगाएको रोक हटाउन माग गर्दै सन्दीप लामिछानेले हालेको निवेदनबारे सर्वोच्च अदालतमा सुनुवाइमा विदेश भ्रमणमा जाने अनुमति दिएन ।

धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटाएर राष्ट्रिय टिमबाट लिग टू अन्तरगत काठमाडौंमा त्रिकोणात्मक शृंखला खेलाएका थिए । लगतै नेपालले युएईमा अर्को शृंखला खेल्नका लागि सन्दीपले विदेश जाने अनमुति माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । त्यही निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले विदेश भ्रमणको अनुमति दिएन ।

खतिवडाको इजलासले सन्दीप र सरकारको छुट्टाछुट्टै निवेदनलाई एकसाथ राखेर आइतबार पेश गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

Published Date: 24 February 2023


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!