नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको भन्सार विभागका महानिर्देशकसंग छलफल

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको भन्सार विभागका महानिर्देशकसंग छलफल : Icon Khabar

काठमाडौं, फागुण ११ । नाडाको भन्सार विभागका महानिर्देशकसंग छलफल भएको छ । बिहिवार भएको छलफलमा नाडाका अध्यक्ष श्री धु्रव थापाज्यूको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्री चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामोसमय देखि रहको सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका थिए ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुकोआयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको बताए । साथै यसैकारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारेका थिए ।

सोही क्रममा नाडाका उपाध्यक्ष श्री निराकार श्रेष्ठज्यूले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७÷१८ हजार रहेकोमा अहिलेत्यो घटेर ७÷८ हजारमा झरेको बताउनुहदुैकूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए । त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष श्री पंकज अग्रवालज्यूले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आइ रहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धरेै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारजे गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

उक्त छलफलको अन्तमा महानिर्देशक चक्रबहादुर बढुवाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिनु हुदै नेपालका कुन कुन भन्सार नाकाहरुमा केकस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु ( दुई पाँगे्र तथा तीन पाँग्रेवाहके ) भन्सार परिसरमा छुटाउन बाँकी रहको छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाउन अनुरोध गरे । यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए । सो छलफलमा नाडाका सचिव श्री विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्लज्यू समेतको उपस्थिति रहेको थियो ।

Published Date: 23 February 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता