राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय क्रिकेट टोलीलाई  बिदाइ : Icon Khabar

काठमाडौं, फागुन ११ । दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे ।

सोही अवसरमा लिग टु अन्तर्गतनै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शत प्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो ।

फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गर्दै । नेपालले त्यहाँ युएइ र पपुवान्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिंगो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए । उनले खेल क्षेत्र शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभइ राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कुटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गर्दै सफलताका लागि हृदयदेखि धन्यवाद र बधाइ दिए । प्रधानमन्त्री दाहालले स्कटल्यान्ड र नामिबिया विरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही २ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुशी पारेकोमा टोलीप्रति आभार व्यक्त गर्दै बधाइ दिए । उनले सम्माननीय प्रधानमन्त्रीज्यूले क्रिकेट टोलीसंग भेट गरी खुशी बाड्नु भएको आभार प्रकट गरे ।

कप्तान रोहित पौडेलले सम्माननीय प्रधानमन्त्रीज्यूले भेटरै बधाइ दिएको र खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिए ।

Published Date: 23 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु