आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ८ । आज २०८३ जेठ ८ गते शुक्रबार, तद्अनुसार २२ मे २०२६ । आज अधिक जेठ शुक्ल षष्ठी, वृद्धि तैतल अश्लेषा, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, सूर्योदय बिहानः ०५ः११ बजे, सूर्यास्त साँझः १८ः५० बजे ।

आजको राशिफल

मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।

वृष: चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुलाई मेहनतको राम्रो परिणाम मिल्ने छ । पुराना असमझदारी हटेर सम्बन्धमा मिठास आउने छ । दाजुभाइसँगको सम्पत्ति विवाद समाधानतर्फ जान सक्छ । नयाँ सम्झौता हुनेछ । अफिसियल यात्रा सम्भव छ । वैवाहिक सम्बन्ध राम्रो रहने छ । शुभ रंगः आकाशे, शुभ अंकः ८

कर्कट राशि: कर्कट राशि भएकाहरुलाई नयाँ जिम्मेवारीले फाइदा दिलाउने छ । लगानीका लागि समय अनुकूल छ । घरमा सानो कुरामा तनाव आउन सक्छ । रिस नियन्त्रण गर्नु होला । मार्केटिङमा ध्यान दिनु लाभदायक हुनेछ । प्रेम सम्बन्ध अझ मधुर बन्ने छ । शुभ रंगः गुलाव, शुभ अंकः ६

सिंह राशि: सिंह राशि भएकाहरुलाई आफन्त अथवा साथीको सहयोगले उत्साह बढ्ने छ । सन्तानको सफलताले खुशी मिल्ने छ । खर्च बढ्न सक्छ । नयाँ प्रविधि अपनाउँदा लाभ मिल्ने छ । जीवनसाथीको साथ सहयोग प्राप्त हुनेछ । शुभ रंगः आकाशे, शुभ अंकः ७

कन्या राशि: कन्या राशि भएकाहरुको पुराना समस्या समाधान हुनेछन् । बालबालिकाको पढाइमा ध्यान बढ्ने छ । कुनै पनि निर्णय शान्त भएर लिनु होला । आज कसैलाई वाचा नगर्नु राम्रो हुनेछ । नयाँ योजना थाल्ने समय अनुकूल छ । कर्मचारीबाट राम्रो सहयोग मिल्ने छ । वैवाहिक तथा प्रेम सम्बन्धमा मधुरता रहने छ । शुभ रंगः बदामी, शुभ अंकः १

तुला राशि: तुला राशि भएकाहरुलाई प्रभावशाली व्यक्तिको सहयोगले आर्थिक अवस्था सुधार गर्ने अवसर मिल्ने छ । आलस्य र तनावबाट टाढा रहनु होला । बोली व्यवहारमा नरमपना आवश्यक छ । आम्दानीमा सुधार आउने छ । सरकारी कर्मचारीलाई अतिरिक्त जिम्मेवारी मिल्न सक्छ । शुभ रंगः हरियो, शुभ अंकः ५

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुलाई अनुभवी व्यक्तिबाट उपयोगी सुझाव मिल्ने छ । आध्यात्मिक गतिविधिले मन शान्त रहने छ । पुराना विषयले सम्बन्ध बिग्रन सक्छ । आफ्नो सामानको सुरक्षा गर्नु होला । महत्वपूर्ण निर्णय लिन कठिनाइ हुन सक्छ । दाम्पत्य जीवन सुखद रहने छ । शुभ रंगः सुन्तला, शुभ अंकः ६

धनु राशि: धनु राशि भएकाहरुको आर्थिक निर्णयका लागि समय राम्रो छ । विगतका अनुभवबाट सुधार गर्ने मौका मिल्ने छ । अरूको काममा हस्तक्षेप नगर्नु होला । लगानी गर्दा सावधानी अपनाउनु होला । व्यापार विस्तार सफल हुनेछ । अतिरिक्त आम्दानीका स्रोत खुल्न सक्छन् । परिवारमा राम्रो तालमेल रहने छ । शुभ रंगः क्रीम, शुभ अंकः २

मकर राशि: मकर राशि भएकाहरुको समस्या समाधान भएर राहत मिल्ने छ । सामाजिक दायरा बढ्ने छ । बाल-बालिकाप्रति ध्यान दिनु होला । ग्राहकको आवश्यकता बुझ्दा व्यापारमा राम्रो लाभ हुनेछ । जीवनसाथीको सहयोगले आत्मबल बढ्ने छ । शुभ रंगः केशरी, शुभ अंकः १

कुम्भ राशि: कुम्भ राशि भएकाहरुमा दिनभर ऊर्जा र उत्साह रहने छ । रोकिएको पैसा फिर्ता मिल्न सक्छ । हतारमा निर्णय नगर्नु होला । अरूको विषयमा नपर्नु राम्रो हुनेछ । कामको गुणस्तर सुधार गर्न आवश्यक छ । साझेदारीको निर्णय चाँडै लिनुपर्ने हुन सक्छ । घरमा सुखद वातावरण रहने छ । शुभ रंगः सेतो, शुभ अंकः ३

मीन राशि: मीन राशि भएकाहरुको भेटघाट र सम्बन्ध विस्तार हुने दिन छ । घरजग्गा वा सवारी सम्बन्धी योजना अघि बढ्न सक्छ । आफ्नो क्षमता अनुसार मात्र जिम्मेवारी लिनु होmा । विद्यार्थीले पढाइमा ध्यान दिनुपर्छ । प्रतिस्पर्धा बढ्न सक्छ । ठूलो लगानीअघि राम्रो अनुसन्धान गर्नु होला । जीवनसाथीको सहयोगले निर्णय लिन सजिलो हुनेछ । शुभ रंगः पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

Published Date: 22 May 2026




ताजा
आज शुक्रबारको राशिफल
भक्तपुरको ऐतिहासिक श्री पद्म माविमा विभिन्न संकायमा कक्षा ११ का लागि भर्ना खुला
भक्तपुरको मात्र होइन, समग्र नेपालको शैक्षिक गौरवका रूपमा स्थापित ख्वप मावि
नेवारी परिकार बनाउने १० दिने तालिम सम्पन्न, मौलिक खानाको व्यवसायीकरणमा जोड


ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र