तीन दशकको शैक्षिक अनुभवसहित भक्तपुरको मोडर्नमा व्यवस्थापन तथा कानून संकायमा खुल्यो भर्ना

३२ पूर्ण छात्रवृत्ति र एसईई जीपीए अनुसार १०० प्रतिशतसम्म छात्रवृत्ति

तीन दशकको शैक्षिक अनुभवसहित भक्तपुरको मोडर्नमा व्यवस्थापन तथा कानून संकायमा खुल्यो भर्ना : Icon Khabar

भक्तपुर, जेठ ३ । बदलिँदो समय, प्रविधिको तीव्र विकास र विश्वव्यापी प्रतिस्पर्धाबीच आजको शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित छैन। शिक्षा अब व्यक्तित्व निर्माण, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, व्यावहारिक सीप तथा भविष्य निर्माणको आधार बनिसकेको छ। यही यथार्थलाई आत्मसात गर्दै तीन दशकदेखि गुणस्तरीय, व्यवहारिक र विद्यार्थी–केन्द्रित शिक्षा प्रदान गर्दै आएको मोडर्न स्कूल/कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना खुला गरेको छ।

“शान्ति र समृद्धिका लागि शिक्षा” भन्ने आदर्श वाक्य बोकेको मोडर्न मोडर्न स्कूल/कलेजले विगत लामो समयदेखि समाजलाई अनुशासित, नैतिकवान, दक्ष, सामाजिक उत्तरदायित्व बोध भएका तथा आत्मविश्वासी नागरिक प्रदान गर्दै आएको छ। भक्तपुरको दधिकोटस्थित मोडर्न चोकमा अवस्थित अत्याधुनिक पूर्वाधारसहितको यस शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान निर्माण गर्न सफल भएको छ।

वि.सं. २०५० सालमा स्थापना भएको मोडर्नले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन उपयोगी, व्यवहारिक तथा भविष्य उन्मुख बनाउने लक्ष्यसहित आफ्नो शैक्षिक यात्रा अघि बढाएको हो। समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको मोडर्नले वि.सं. २०६५ सालदेखि राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत +२ व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ भने वि.सं. २०७४ सालदेखि काठमाडौं स्कुल अफ ल सँगको सहकार्यमा +२ कानून कार्यक्रमसमेत सुरु गरी भक्तपुरमा गुणस्तरीय कानून शिक्षाको नयाँ आयाम थपेको छ।

यसैगरी युनिभर्सल मोडर्न कलेज मार्फत स्नातक तहको BBS कार्यक्रम सञ्चालन भइरहेको छ भने भक्तपुर मोडर्न इङ्ग्लिस सेकेण्डरी स्कूलले विद्यालय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। मोडर्न परिवारले विद्यालयदेखि उच्च शिक्षासम्मको शैक्षिक यात्रालाई एउटै शैक्षिक दर्शन र मूल्यमा आधारित बनाउँदै विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ।

स्कूल/कलेज प्रशासनका अनुसार यस वर्ष कक्षा ११ अन्तर्गत कम्प्युटर म्यानेजमेन्टमा १२० सीट, होटल म्यानेजमेन्टमा ८० सीट, ट्राभल एण्ड माउन्टेनियरिङ्ग स्टडीजमा ८० सीट, बिजनेस स्टडीजमा ८० सीट तथा कानून (Law) संकायमा ४० सीटका लागि भर्ना खुला गरिएको छ। सूचना प्रविधि, पर्यटन, व्यवस्थापन तथा कानूनी शिक्षाप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यी कार्यक्रमहरूलाई व्यवहारिक, आधुनिक तथा करिअर–मुखी बनाइएको कलेजले जनाएको छ।

मोडर्नको विशेषता भनेको यहाँको “Learning by Doing” अर्थात् गरेर सिक्ने शैक्षिक अवधारणा हो। विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी परियोजना कार्य, अनुसन्धान, फिल्ड भिजिट, समूह प्रस्तुतीकरण, व्यवहारिक अभ्यास तथा विभिन्न अतिरिक्त क्रियाकलापमार्फत सिकाइलाई जीवनसँग जोड्ने प्रयास गरिन्छ। कलेजका अनुसार विद्यार्थीले स्वस्थ, सिर्जनशील र प्रेरणादायी वातावरणमा मात्रै आफ्नो क्षमता पूर्ण रूपमा विकास गर्न सक्छन् भन्ने विश्वासका साथ मोडर्नले शैक्षिक वातावरण निर्माण गर्दै आएको छ।

अनुभवी तथा समर्पित प्राध्यापक, आधुनिक कम्प्युटर ल्याब, मल्टिमिडिया कक्षा, पुस्तकालय, शान्त शैक्षिक वातावरण तथा अनुशासित सिकाइ संस्कृतिले मोडर्नलाई अन्य संस्थाभन्दा फरक बनाएको छ। यही कारण मोडर्नका विद्यार्थीहरूले राष्ट्रिय परीक्षा, विभिन्न व्यावसायिक क्षेत्र, सरकारी सेवा, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय अवसरहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीको शारीरिक र मानसिक विकासको अभिन्न अङ्ग मानेको छ। कलेजको आफ्नै उत्कृष्ट खेलकुद पूर्वाधार अन्तर्गत अत्याधुनिक फुटसल कोर्ट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, क्रिकेट पिच, टेबल टेनिस कोर्ट र ब्याडमिन्टन कोर्टको सुविधा उपलब्ध छ। यिनै सुविधाहरू र रचनात्मक प्रशिक्षणका कारण यस कलेजका विद्यार्थीहरूले राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट स्थान हासिल गरी कलेजको गरिमालाई सधैँ उच्च राख्दै आएका छन्।

यस वर्ष मोडर्नले विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति तथा शुल्क छुट योजनासमेत सार्वजनिक गरेको छ। एसईई टपर, प्रवेश परीक्षा उत्कृष्ट, समावेशी, आर्थिक रूपमा विपन्न, खेलकुद तथा अतिरिक्त क्रियाकलापलगायत विभिन्न कोटाअन्तर्गत ३२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ। साथै एसईईमा प्राप्त जीपीए तथा प्रवेश परीक्षाको आधारमा सम्पूर्ण विद्यार्थीलाई १० प्रतिशतदेखि १०० प्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।

कलेज प्रशासनका अनुसार आर्थिक अवस्था शिक्षा प्राप्तिको बाधा बन्न नहुने मान्यताका साथ योग्य तथा मेहनती विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको हो।

शिक्षा केवल रोजगारी प्राप्त गर्ने माध्यम मात्र नभई जिम्मेवार नागरिक निर्माण गर्ने प्रक्रिया पनि भएको उल्लेख गर्दै मोडर्नले विद्यार्थीलाई नैतिकता, अनुशासन, नेतृत्व, सामाजिक चेतना तथा विश्वव्यापी दृष्टिकोणसहितको सक्षम व्यक्तित्वका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

कलेज प्रशासनले एसईई उत्तीर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई मोडर्नको शैक्षिक वातावरण अवलोकन गरी समयमै भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

Published Date: 17 May 2026