अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकियो : Icon Khabar
तस्बिर : एएफपी

काठमाडौं, फागुन ११ । एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए ।

सिटीका लागि रियाद महारेजले २७औं मिनेटमा इल्केइ गुन्डोगानको पासमा गोल गरेका थिए । दोस्रो हाफमा सुधाएिको प्रदर्शन गरेको लेइपजिगले ७०औं मिनेटमा बराबरी गोल फर्कायो ।

बराबरीसँगै दुवै टोलीले क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायम राखेका छन् । दोस्रो लेग मार्च १५ तारिख सिटीको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने