अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकियो : Icon Khabar
तस्बिर : एएफपी

काठमाडौं, फागुन ११ । एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए ।

सिटीका लागि रियाद महारेजले २७औं मिनेटमा इल्केइ गुन्डोगानको पासमा गोल गरेका थिए । दोस्रो हाफमा सुधाएिको प्रदर्शन गरेको लेइपजिगले ७०औं मिनेटमा बराबरी गोल फर्कायो ।

बराबरीसँगै दुवै टोलीले क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायम राखेका छन् । दोस्रो लेग मार्च १५ तारिख सिटीको मैदानमा हुनेछ ।

Published Date: 23 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु