अभिनेत्री नम्रता श्रेष्ठ निफको सल्लाहकारमा मनोनीत

अभिनेत्री नम्रता श्रेष्ठ निफको सल्लाहकारमा मनोनीत : Icon Khabar

काठमाडौँ, फागुन ११ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह रहेका छन् । सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन्।

Published Date: 23 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु