सुनको भाउ फेरि उकालो, प्रतितोला दुई लाख ९५ हजार नाघ्यो

सुनको भाउ फेरि उकालो, प्रतितोला दुई लाख ९५ हजार नाघ्यो : Icon Khabar

काठमाडौँ, जेठ ५ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेसँगै बहुमूल्य धातुको कारोबार महँगिएको हो ।

पछिल्ला दिनहरूमा निरन्तर उतारचढाव भइरहेको सुनचाँदी बजारमा आज पनि मूल्य उकालो लागेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले वृद्धि हुँदै दुई लाख ९५ हजार तीन सय रूपैयाँ कायम भएको छ ।

सोमबार यही सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो । लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो । यसअघि सोमबार मात्रै सुनको भाउ प्रतितोला आठ सय रूपैयाँले उकालो लागेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

Published Date: 19 May 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर