शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न

शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख २६ । मोडर्न स्कूल/कलेज को आयोजनामा शनिबार भक्तपुर नगर परिक्रमा गर्दै हेरिटेज वाकाथुन सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित विद्यालयले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो परिवेश, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक स्थलहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

बिहान ठीक ७ बजे नःपूखु प्रवेशद्वारबाट सुरु भएको वाकाथुन इताछें, भक्तपुर दरबार क्षेत्र, बालाखु, त्रिपुरासुन्दरी, चोछें, तुछिमला, भोलाछें, नागपोखरी, दत्तात्रय, इनाचो, गोल्मढि, सुकुलढोका, क्वाछें, टौमढि, बुल्चा, नासमना, बंसगोपाल, तेखापुखु र भर्वाचो हुँदै पुनः भक्तपुर बसपार्क पुगेर सम्पन्न भएको थियो।

विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई भक्तपुरका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलको महत्व बुझाउने उद्देश्यले सम्पदा पदयात्रा गराउँदै आएको छ। यसै क्रममा यस वर्ष भक्तपुर नगर परिक्रमा कार्यक्रम आयोजना गरिएको विद्यालय तथा कलेजका प्राचार्य अनिल कसपालले जानकारी दिए।

उनका अनुसार आगामी दिनमा मध्यपुर थिमीको ऐतिहासिक नगर परिक्रमा कार्यक्रमसमेत सञ्चालन गर्ने योजना रहेको छ।

Published Date: 09 May 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग