भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी : Icon Khabar

काठमाडौं, वैशाख २५ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।

उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

Published Date: 08 May 2026