यहि वैशाख २९ गते मनोरम स्कुलमा पुनः निःशुल्क दन्त शिविर सञ्चालन हुँदै

यहि वैशाख २९ गते मनोरम स्कुलमा पुनः निःशुल्क दन्त शिविर सञ्चालन हुँदै : Icon Khabar

भक्तपुर, वैशाख २६ । मनोरम बोर्डिङ्ग सेकेण्डरी स्कूल को प्राङ्गणमा यही वैशाख २९ गते मंगलबार निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ। विद्यालय र समाज डेण्टल, राधेराधेको संयुक्त आयोजनामा वृहत दन्त शिविर सञ्चालन गर्न लागिएको हो।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा दाँत परीक्षण, परामर्श तथा उपचार सेवा निःशुल्क उपलब्ध गराइने विद्यालयले जनाएको छ। विद्यालयले अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई लाभ लिन अनुरोध गरेको छ।

विद्यालयका प्रिन्सिपल महेश गुमान्जु का अनुसार शिविरमा समाज डेण्टलका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहनेछ।

यसअघि पनि वैशाख १२ गते डा. इबामुरा मेमोरियल अस्पताल का विशेषज्ञ चिकित्सकहरूको सहयोगमा विद्यालयले वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। विद्यालयका अनुसार यस्ता कार्यक्रमले स्थानीयवासीमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

विद्यालयले हरेक वर्ष समाज डेण्टलसँगको सहकार्यमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई निःशुल्क दन्त सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको प्रिन्सिपल महेश गुमान्जुले जानकारी दिए।

निःशुल्क दन्त शिविरमा सहभागी हुन इच्छुक व्यक्तिलाई अग्रिम दर्ता गर्न अनुरोध गरिएको छ। विद्यालय प्रशासनका अनुसार तल दिइएको लिंकमार्फत दर्ता गरी आफ्नो नाम सुनिश्चित गर्न सकिनेछ।

अग्रिम दर्ता:
Registration Form https://forms.gle/P3ErUywywSVNUjS57

थप जानकारी: ०१–६६१७५१७

Published Date: 09 May 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग