४२ औँ राष्ट्रिय टेबल टेनिसका लागि भक्तपुरबाट खेलाडी छनोट सम्पन्न

४२ औँ राष्ट्रिय टेबल टेनिसका लागि भक्तपुरबाट खेलाडी छनोट सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख १२ । ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको बागमती प्रदेशस्तरीय छनोटमा सहभागी हुन भक्तपुर जिल्लाबाट खेलाडीहरूको नाम टुंगो लागेको छ। भक्तपुर जिल्ला टेबल टेनिस संघको समन्वयमा सम्पन्न छनोट प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट खेलाडीहरू छनोट भएका हुन्।

छनोट भएका खेलाडीहरूले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्।

मेन्स सिंगल्सतर्फ रजोजमान थकु, रनोजमान थकु र सुमेध प्रधान छनोट भएका छन्। अन्डर–१९तर्फ रोमन रञ्जित तथा अन्डर–१५तर्फ सफल सुवाल छनोट भएका छन्।

महिलातर्फ लेडिज सिंगल्समा निकिता कस्ती, कलसा सितिखु र आरोही सुवाल छनोट भएका छन्। अन्डर–१९तर्फ सेफिना कोजु र अन्डर–१५तर्फ श्रोना बासुकला छनोट भएका छन्।

छनोटसम्बन्धी जानकारी प्रशिक्षक तथा भक्तपुर जिल्ला टेबल टेनिस संघका सचिव ईन्द्र भक्तपचले दिएका हुन्।

Published Date: 25 April 2026


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु