भक्तपुरमा शुभकामना आदान-प्रदान, क्यालेण्डर विमोचन तथा नेल आर्ट तालिम कार्यक्रम सम्पन्न

भक्तपुरमा शुभकामना आदान-प्रदान, क्यालेण्डर विमोचन तथा नेल आर्ट तालिम कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ ।  भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था (साकोस) को संयुक्त आयोजनामा बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो (क्यालेण्डर) विमोचन र नेल आर्ट तालिम समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यमा भएको थियो।

संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विस्का जात्रा र नयाँ वर्षको सन्दर्भमा शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयसँगको सहकार्यबारे चर्चा गरिएको थियो। आगामी वैशाखमा मध्यपुरको निगु पुखूमा आयोजना हुने १४औँ घरेलु उत्पादन प्रवर्द्धन मेलाबारे पनि जानकारी गराइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कुस्माले तालिममा सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा प्रयोग गर्नुपर्ने बताएका थिए। कार्यालयले वार्षिक कार्यक्रमअनुसार विभिन्न तालिम सञ्चालन गरिरहेको र आवश्यकता अनुसार थप तालिम प्रदान गर्न सकिने उल्लेख गरिएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य विरेन्द्र जतीले सानो स्तरबाटै व्यवसाय सुरु गर्न सकिने धारणा राखेका थिए। सहकारीका अध्यक्ष लक्ष्मण ग्वाछाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी उद्यमशीलता विकास गर्न सकिने बताएका थिए।

नेल आर्ट तालिममा सहभागी चन्दा खत्रीले तालिमबाट प्राप्त अनुभव र आत्मविश्वासबारे कुरा राखेकी थिइन्। कार्यक्रममा अन्य सहभागीहरूले पनि साना उद्योग र स्वरोजगारका सम्भावनाबारे विचार व्यक्त गरेका थिए। संघकी सचिव श्रीजना कक्षपतिले संघका गतिविधि र आगामी योजनाबारे जानकारी दिएकी थिइन्।

कार्यक्रममा संघ र साकोसको क्यालेण्डर विमोचन गरिएको थियो भने १५ दिने नेल आर्ट तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Published Date: 09 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर