विद्या आर्जन इङ्ग्लिस स्कुलमा दिक्षान्त समारोह सम्पन्न

विद्या आर्जन इङ्ग्लिस स्कुलमा दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २६ । विद्या आर्जन इङ्ग्लिस स्कुल, आदर्श बस स्टप–५, भक्तपुरमा  विद्यार्थीहरूको दिक्षान्त समारोह २०८२ सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

बालबालिकाको सिकाइ यात्राको प्रारम्भिक चरण मानिने यस कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको देखिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले शिक्षासँगै सह–पाठ्यक्रम गतिविधिको महत्वबारे धारणा राख्दै “लर्निङ बाइ डुइङ” पद्धति प्रभावकारी हुने बताए। विद्यालयले आधुनिक शिक्षण पद्धति, ग्रेड शिक्षण तथा गतिविधिमूलक सिकाइलाई प्राथमिकता दिएको जानकारी समेत दिइयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका ISAN अध्यक्ष प्रेम जन थापाले विद्यालयको शैक्षिक तथा सामाजिक योगदानबारे टिप्पणी गरे। त्यसैगरी, ISAN तालिम संयोजक कर्ण बहादुर प्रजापतिले विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।

अभिभावकको तर्फबाट राखिएको धारणा अनुसार विद्यालयले उपलब्ध गराएको खाना र समग्र वातावरणले बालबालिकाको स्वास्थ्य तथा सिकाइमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत लगायत सांस्कृतिक प्रस्तुति दिएका थिए भने अभिभावकलाई समेत सहभागी गराई विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम सञ्चालन रञ्जन फाजुले गरेका थिए।

Published Date: 09 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर