कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द हुने

कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा पूर्ण रूपमा बन्द हुने : Icon Khabar

काठमाडौँ, चैत १५ । नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो । सरकारको यो निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भएको छ ।

साना बालबालिकाहरूमा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।

शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर ८९ मा भनिएको छ, ‘कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने ।’

Published Date: 29 March 2026
ताजा
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब ६० प्रतिशत
तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना




ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य