आइकन मिडिया हाउस प्रा. लि.को तेस्रो वार्षिकोत्सवमा भेटघाट कार्यक्रम सम्पन्न

आइकन मिडिया हाउस प्रा. लि.को तेस्रो वार्षिकोत्सवमा भेटघाट कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ८ । आइकन मिडिया हाउस प्रा. लि. तथा यसको आधिकारिक अनलाइन समाचार पोर्टल IconKhabar.com को तेस्रो वार्षिकोत्सवको अवसरमा विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आइकन मिडिया हाउसले छोटो समयमा नै नेपाली सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, विश्वसनीय र जनउत्तरदायी पत्रकारिता गर्न शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कम्पनीका अध्यक्ष किरण सुवाल तथा प्रबन्ध निर्देशक अमित श्यामको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। उक्त अवसरले संस्थाको सफल यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक पक्षले “A media house for every need…” भन्ने मूल मन्त्रसहित अघि बढिरहेको आइकन मिडिया हाउसले समाचार, सञ्चार तथा डिजिटल मिडिया क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्यो। साथै, www.iconkhabar.com
लाई अझ सशक्त, तथ्यपरक र पाठकमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

यस वर्ष वार्षिकोत्सवलाई विशेष रूपमा सीमित दायराभित्र राखी औपचारिक भेटघाट तथा डिनर कार्यक्रमको रूपमा आयोजना गरिएको थियो। कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै आगामी सहकार्यका सम्भावनाहरूबारे पनि सकारात्मक छलफल भएको सहभागीहरूले बताएका छन्।

आइकन मिडिया हाउसले विगत तीन वर्षदेखि निरन्तर रूपमा समाचार प्रकाशन, मिडिया सेवा तथा विभिन्न सञ्चारसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। आगामी दिनमा अझ नवीनता, विश्वसनीयता र व्यावसायिकतासहित अघि बढ्ने लक्ष्य संस्थाले लिएको जनाएको छ।

Published Date: 22 March 2026