मन्टेसरी एजुकेशन स्कुलमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

मन्टेसरी एजुकेशन स्कुलमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न : Icon Khabar

काठमाडौं, चैत ८ । मन्टेसरी एजुकेशन स्कुल सूर्यविनायक, भक्तपुरको आयोजना तथा ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

स्कुलको प्रांगणमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा जम्मा २६५ जना विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका व्यक्तिहरूले सेवा लिएका थिए।

शिविरका क्रममा २ जना मोतीबिन्दुका बिरामी पहिचान भएका छन् भने ४७ जनालाई चस्मा लगाउन तथा प्रयोग गर्न सिफारिस गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले निःशुल्क आँखाको परीक्षण सेवा पाउनुका साथै आवश्यक परामर्श पनि प्राप्त गरेका थिए।

कार्यक्रमले स्थानीय स्तरमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालय प्रशासनको भनाइ छ।

शिविर समापनपछि ख्वप तिलगंगा आँखा अस्पताललाई धन्यवाद स्वरूप मायाको चिनो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत प्रजापतीद्वारा प्रदान गरिएको थियो।

यस किसिमका स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Published Date: 22 March 2026


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु